logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सुराकीलाइ २५ लाख सम्म दिने सरकारी तयारी


  • पत्रपत्रिका
  • शुक्रबार, पुष ११ २०७६

राजस्व चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीको रकम अधिकतम २५ लाखसम्म रहने सरकारले बताएको छ ।

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संसोधन) विद्येयकमार्फत सुराकी गरेबापत दिइने रकम २५ लाख रुपैयाँभन्दा माथि नहुनेगरी राखिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

सरकारी कर्मचारी र सुरक्षाकर्मीले आफ्नै परिवारका सदस्यलाई सुराकीका रुपमा प्रयोग गर्ने क्रम बढेकाले सरकारले यसमा कडाइ गर्न लागेको हो ।

राष्ट्रिय सभाको बिहिबारको बैठकमा खतिवडाले सुराकीलाई पेशा नै बताउने काम भएको भन्दै त्यसलाई रोक्न रकम नै तोकिएको जानकारी दिए । यो समाचार आजको आर्थिक अभियानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार