logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ग्रामीण ईलाकामा ‘विप्लवको’ सम्बोधन ‘जनमुक्ति’ सेनाद्वारा सलामी


  • राजनीति
  • आइतबार, पुष १३ २०७६

सरकार द्धारा प्र’तिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लवको उपस्थितिमा भब्य रुपमा माओ दिवस मनाएको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबै तह र तप्कालाई आ-आफ्नो बिशेषतामा माओ दिवसको कार्यक्रम गर्न निर्देशन गरेको थियो ।

बि’द्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव आफै उपस्थित भएर माओ दिवस भब्य ढंगले मनाइएको नेकपाले स्रोतले जानकारी दिएको छ । मुलुकको एक दुर्गम ग्रामिण इलाकामा विप्लवको बिशेष उपस्थितिमा यहि पुस १० गते १२७ औं माओ दिवस सम्पन्न गरेको छ । नेकपाका कार्यकर्ता र जनताको वजनदार सहभागीता रहेको उक्त कार्यक्रममा महासचिव विप्लवले प्रशिक्षणात्मक सम्बोधन गरेको नेकपा स्रोतको भनाइ छ ।

महासचिव विप्लवले माओका राजनैतिक योगदानहरु, चिनियाँ क्रा’न्तिका शिक्षाहरु र एकीकृत जनक्रा’न्ति कार्यदिशाको अन्तरसम्बन्ध बारे भनाइहरु राखेका थिए । कार्यक्रममा जनमु’क्ति सेनाले सलामी दिइएको नेकपाले बताएको छ ।

कार्यक्रममा पार्टीका अन्य केन्द्रिय नेता र  जनमुक्ति सेनाका सदस्यहरु र स्थानीय जनता सहभागी रहेको जनाइएको छ ।

फाइल फोटो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार