logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

व्यापक दमन र धरपकडका बीच युवाहरुको सम्मेलन सम्पन्न,

दमनविरुद्ध प्रतिरोधमा उत्रन नेकपा नेताको आव्हान


  • राजनीति
  • सोमबार, फाल्गुन ७ २०७४

प्रहरीको दमन तथा हस्तक्षेपका बाबजुत नेपाल कम्युनिष्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन बाबुराम राईको अध्यक्षतमा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै  इटहरीमा सम्पन्न भएको छ l

इटहरीमा सम्पन्न तेस्रो सम्मेलनबाट उपाध्यक्षमा  मिना चलाउने, महासचिव दिप राज शेर्पाली,सचिव देव गुरुङ, कोसाध्य्छ्य प्रेम बि क  निर्बाचित भएका छन l रास्टिय युवा राष्ट्रिय युवा जनस्वय सेवक अब नया बिचार,योजना र नेतृत्व सहित Young red force को नाममा अगाडि आएको छ । बन्द शत्रमा ७५ वटै जिल्लाबाट करिब तीन सय भन्दा बढी प्रतिनिधी पर्यवेक्षकहरु सहभागी थिए ।

विराटनगरको गुन्द्रिबजारमा सम्मेलन गर्ने तय गरिएपनि सम्मेलन सुरुहुँनु अघि नै प्रहरीले ब्यापक धरपकट र हस्तक्षेप गरे को थियो । सो क्रममा नेकपाको स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुर्दशन ,पोलिटब्युरो सदस्य पदम राई लगायत दुई सय १७ जना नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो  । तर स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुर्दशन ,पोलिटब्युरो सदस्य पदम राई  बाहेक सबै नेता तथा कार्यकर्तालाई गए राती नै प्रहरीले रिहा गरेको समाचार स्रोतले जानकारी दिएको छ l

सम्मेलनमा सहभागी हुँन जादै गरेको अवस्थामा नेकपा नेताहरुलाई गाडि सहित गिरफ्तार गर्नुका साथै सम्मेलन स्थलमा सयौको सङख्यामा प्रहरी परिचालन गरि मन्च बनाउन नदिने तथा सहभागीहरुलाई सम्मेलन स्थल प्रवेशमा रोक लगाएर सम्मेलन बिथोलेको थियो ।

ईटहरीमा सम्पन्न सम्मेलनको नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा विरहीले उद्घाटन गरेका थिए  । सम्मेलनको उद्घाटन गर्दै नेता बिरहीले सरकारी दमन तथा गिरफ्तारीको भत्सना गरे l उनले दमनले क्रान्ति नरोकिने चेतावनी दिँदै यसरी नै सरकारले दमन गरे आफुहरु कडा रुपमा प्रतिरोधमा उत्रने बताए ।

उनले ओली सरकारले ब्यापक धरपकड र दमन रोकेर गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई विना शर्त रिहा नगरे पार्टी कडा संघर्षमा उत्रने चेतावनी दिंदै सबै युवाहरुलाई लामबद्ध भएर सरकारी दमन र धरपकडका बिरुद्ध प्रतिरोधमा उत्रन पनि आव्हान गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार