logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्ववियु निर्वाचन फागुन १४ गर्ने तयारी


  • पत्रपत्रिका
  • सोमबार, पुष १४ २०७६

मुलुकको जेठो बिश्वबिद्धालय त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ।

यस अगाडी २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते  नै  निर्वाचन गर्नुपर्ने भएको हो।

त्रिभुवन विश्वविद्यालय  विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनलाका निर्देशक गंगाबहादुर थापाले ११ वर्षदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोहि दिन निर्वाचन  गर्ने गरी तयारी थालिएको बताए।

२०७३ सलामा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको खबर नेपाल समाचारपत्र दैनिकमा छ।  तीमध्ये काठमाडौं उपत्यकास्थित प्रदर्शनीमार्गको रत्नराज्य, पकनाजोलको पिपुल्स र टीकापुरको कैलाल बहुमुखी क्याम्पसमा गत चैतमा निर्वाचन भएको थियो। अब ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै  निर्वाचन गर्ने तयारी भएको छ। निर्देशक थापाले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार