logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कास्की रिभानमा ह’त्या गरी गहना लुटी फरार व्यक्ती तनहुँमा प्रकाउ


  • रासस
  • सोमबार, पुष १४ २०७६

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान बस्ने वर्ष ६७ का चिजा विकको ह’त्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–२५ मा मजदूरी गर्दै आएका वर्ष ३९ का खिमबहादुर श्रीपाली रहेका छन् ।

अनुहारका विभिन्न भागमा चोटपटकसहित कोठाभित्र कपडाले छोपिएको र घरको मूल ढोकामा ताल्चा लगाइएको अवस्थामा यही पुस ८ गते विकको श’व फेला परेको थियो ।

वृद्धाको ह’त्यापछि गरगहना लुटेर फरार भएका अभियुक्त श्रीपालीलाई शनिबार तनहुँको व्यास नगरपालिका–२ उत्तरशिला फिल्म हल नजिकबाट पक्राउ गरी कर्तव्य ज्यान र चोरी डाँका मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

अभियुक्त श्रीपालीले मृतकको साथबाट चोरी गरेका गहना बिक्री गरेको पसलबाट बरामद गरिएको र खरिद गर्नेलाई कानूनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार