logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कञ्चनपुरमा ३ बर्षिया बालिकाको बला’त्कार पछि ह’त्या, चुनारा पक्राउ


  • राजनीति
  • मंगलबार, पुष १५ २०७६

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको ब’लात्का’रपछि ह’त्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको ब’लात्का’रपछि ह’त्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिनाअघि ह’त्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए ।

मृ’तक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ । “पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्”, प्रहरी प्रवक्ता चन्दले भने, “बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई ब’लात्का’रपछि ह’त्या गरेको स्वीकार गरिसकेको छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार