logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका गिरफ्तार नेता कार्यकर्तालाइ रिहा गर्न बैद्यकाे माग


  • राजनीति
  • मंगलबार, फाल्गुन ८ २०७४

पोखरा/

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेकपाका नेता कार्यकर्ताहरुलाई एमाले नेतृत्वको सरकारले गिरफ्तार गरेकोप्रति आपत्ति जनाउदै तत्काल रिहा गर्न माग गर्नुभएकाे छ ।

विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोप्रति उहाँले निन्दा एंव भ्रत्सना गर्नुभएकाे हाे ।

सरकारद्वारा शान्तिपुर्णरुपमा हुन लागेको आन्तरिक सम्मेलनमा सहभागी नेता कार्यकर्तालाई गिरफ्तार गरेर फासिवादी चरित्र प्रस्तुत गरेको बताइएको छ ।

बैद्यले कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा गरिएको ज्यादतीको बिरोध गर्दै सरकारद्वारा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको लागि सरकारसंग जोडदार माग गर्नुभएकाे छ ।

रिहाइको माग गर्दै भोलि फागुन ८ गते नेपाल बन्द आव्हान गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार