logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बारामा एनसेलकाे टावरमा आगजनी, यस्तो छ क्षति


  • राजनीति
  • बुधबार, पुष १६ २०७६

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो ।

सो टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ ।

बारा प्रहरीले आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ ।

मंगलबार बेलुका नै चितवनको कालिका नगरपालिका-९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार