logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सुर्खेत भिडन्त : विप्लव नेकपाले भन्यो घेरा हाल्दा जनताद्वारा प्रतिकार


  • राजनीति
  • बुधबार, पुष १६ २०७६

सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको बताइएको छ ।

विप्लवका जिल्ला नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउण्ड फायर गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले विप्लव र प्रहरीबीच दोहोरो फायरिङ भएको पुष्टि गरेका छन् ।

विप्लवका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो । प्रहरी उपरीक्षक पन्तले शाहीको घरमा नपुग्दै जङ्गलमा प्रहरीमाथि आक्रमणको प्रयास गरेको बताए  ।

शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो ।

“प्रहरीलाई देख्न वित्तिकै ८–१० जनाको सङ्ख्यामा रहेका विप्लवका कार्यकर्ताले फायरिङ गरे, हाम्रो तर्फबाट दुई जनामात्रै भएकाले पक्राउ गर्न सकेनौं,” इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले भने,“अहिले थप प्रहरी परिचालन गरेर जङ्गल क्षेत्रमा उनीहरुको खोजी भइरहेको छ ।”

यसैबीच, विप्लवले हिजोराति सुर्खेतका विभिन्न स्थानमा रहेको एनसेल टावरमा बम राखेको थियो ।

भेरीगङ्गा नगरपालिकाको एनसेल टावरमा आगजनी गर्नुका साथै वीरेन्द्रनगर पिपिरास्थित एनसेल टावर नजिक बम राखेको थियो । उक्त बम आज बिहान नेपाली सेनाले निष्क्रिय पारेको थियो ।

यता नेकपा भेरिकर्णाली ले  भने प्रहरीले प्रचार गरेजस्तो भिडन्त नभएको बताएको छ । हामीले नेकपा भेरिकर्णाली ब्युराेका एक नेताले  भिडन्त काे प्रचारलाइ अस्विकार गरेकाछन् र उनले उत्तेजित पार्न  र पार्टीको बदनाम गर्न भिडन्त भएको भनी कु प्रचार गरेको बताएकाेे छ । उनले आफ्ना नेता शाहीलाइ संकटकालकाे झल्को दिने गरि फायरिङ गर्दै फाशिवादी शैलिमा पक्राउ गर्न खाेज्दा स्थानीय जनताले प्रतिकार गरेको बताएका छन् । उनले भने ‘स्थानिय ले गरेकोे प्रतिकारलाइ भिडन्त दाेहाेराे फायरिङ भन्नू दुर्भाग्यपूर्ण हाे । हाम्रो तर्फबाट फायरिङ भएको छैन ‘।

सरकार जबर्जस्त युद्ध चाहान्छ सरकारले भ्रमपुर्ण प्रचार गरेर हामिलाइ उत्तेजित बनाउन चाहान्छ याे सरकारकाे हारकाे पराकाष्ठा हाे ।

घरमा बसिरहेका बर्ज बहादुर साही बिश्वास लाई जबर्जस्त गिरफ्तार गर्नखोज्दा जनताको प्रतिकार गरेको दावी गरेकाे छ  ।

हामिले घटनास्थल स्थानीय सग पनि बुझ्ने प्रयास गर्याै स्थानीय का अनुसार बिहान प्रहरी निज शाहि काे घरमा गएकाे र शाहिलाइ घरघेरा हालि गिरफ्तार गर्न खाेज्दा शाहि भागेपछि प्रहरीले फायरिङ गरेको बताएका छन् । उनका अनुसार प्रहरीले अनावश्यक बल प्रयाेग गर्दा स्थानीय जनता प्रतिकारमा उत्रिएका थिए । जनताहरुले हाे हल्ला गरेपछि प्रहरी त्यहाबाट फर्किएकाे बताए ।

आजै सरकारी समाचार संस्था राससको समाचार यस्तो थियो-

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ ।

विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउण्ड फायर गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको पुष्टि गरे ।

विप्लव समूहका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो ।

प्रहरी उपरीक्षक पन्तले शाहीको घरमा नपुग्दै जङ्गलमा प्रहरीमाथि आक्रमणको प्रयास गरेको बताए ।

शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो ।

“प्रहरीलाई देख्न वित्तिकै ८–१० जनाको सङ्ख्यामा रहेका विप्लवका कार्यकर्ताले फायरिङ गरे, हाम्रो तर्फबाट दुई जनामात्रै भएकाले पक्राउ गर्न सकेनौं,” इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले भने,“अहिले थप प्रहरी परिचालन गरेर जङ्गल क्षेत्रमा उनीहरुको खोजी भइरहेको छ ।”

यसैबीच, विप्लव समूहले हिजोराति सुर्खेतका विभिन्न स्थानमा रहेको एनसेल टावरमा बम राखेको थियो ।

भेरीगङ्गा नगरपालिकाको एनसेल टावरमा आगजनी गर्नुका साथै वीरेन्द्रनगर पिपिरास्थित एनसेल टावर नजिक बम राखेको थियो । उक्त बम आज बिहान नेपाली सेनाले निष्क्रिय पारेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार