logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बलात्कारका अभियुक्त धमाधम रिहा हुदै, अदालतमाथि नै प्रश्न


  • पत्रपत्रिका
  • बिहिबार, पुष १७ २०७६

बलात्कार र बेचबिखन मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गरिगरिएका छन ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्न आदेश दिएको हो । पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने दुई फरक प्रमाण हुँदासमेत इजलासले धरौटीमा छाड्ने आदेश दिएको भन्दै कान्तिपुरले फैसलामाथि प्रश्न उठाएको छ ।

त्यस्तै युवतीलाई भारतमा लगेर बेच्ने दुई युवकलाई पनि अदालतले एक/एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ । गत पुस १० मा उच्चच अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका न्यायाधीशद्वय पवनकुमार शर्मा र ऋषिप्रसाद अधिकारीले दुई युवकलाई धरौटीमा छाड्ने आदेश दिएको आजको कान्तिपुर समाचारमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार