logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्वास्थ्य नीति : विद्यालय आसपास क्षेत्रमा सूर्ति मदिराजन्य वस्तु बिक्री वितरणमा रोक


  • रासस
  • शनिबार, पुष १९ २०७६

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य नीति चाँडो ल्याइने गृहकार्य भइरहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका–१४, ग्रिन लन्स एकेडमीको २६ औँ वार्षिकोत्सवको शुभारम्भ गर्दै उहाँले विद्यालय आसपास क्षेत्रमा सूर्ति तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने नियमसहितको स्वास्थ्य नीति ल्याइने बताए ।

मन्त्री ढकालले लामो अध्ययनपछि हालै ल्याइएको शिक्षा नीतिमा विद्यालयलाई क्षमतावान बनाउन प्राथमिकता दिएको उल्लेख गर्दै निजी विद्यालयलाई प्रोत्साहन गरी सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाइने बताए ।

कामपा १४ का वडाध्यक्ष शोभा सापकोटाले विद्यालयले पाठ्यक्रमका अतिरिक्त अन्य क्रियाकलापमा पनि विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिए ।विद्यालयका अध्यक्ष मोहनकुमार बस्नेतले विद्यालयले शैक्षिक गतिविधिका साथै विभिन्न सामाजिक कार्यमा समेत सहयोग गरिरहेको जानकारी दिए ।

प्रधानाध्यापक भीष्म पाण्डेले २६ वर्ष अगाडि स्थापित यो विद्यालयले देशको शैक्षिक क्षेत्र उन्नयनमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै विद्यालयमा ७०० विद्यार्थी अध्ययनरत रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार