logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखराको पञ्चासे डाँडा देखी तल भञ्जाङ सम्म हिमपात


  • आश तमु
  • आइतबार, पुष २० २०७६

पोखरा – मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा केही दिन अघि देखी देश भर विभिन्न हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा चिसो बढेको छ। कास्की पर्वत र स्याङ्जाको सिमाना स्थल पोखरा २३ पञ्चासेमा हिउँ परेको छ। आइतबार विहान  पञ्चासेमा हिउ परेको हो।

पञ्चासे डाँडा देखी तल भञ्जाङ सम्म हिउ परेको स्थानीयले बताएका छन् । हिउ परेपछी नजिकैका मानिसहरु हिउँ खेल्न भनी पञ्चासेमा पुगेका छन।

मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात

मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात भएको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ ।

पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो ।

बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएको छ भने खानेपानीको समेत अभाव भएको छ । सडकभरि दुई÷तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, उनले भने, ‘अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बध्य भएका छौँ ।’

अहिले मनाङको सबै भागमा हिमपात भएको छ । जिल्लाकै सबैभन्दा तल्लो भाग नासो गाउँपालिकासमेत प्रभावित भएको अध्यक्ष चन्द्र घलेले बताए । हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपय र मनाव जीवनलाई कष्टकर बनाएको उनको भनाइ छ । जिल्लाको तल्लो भाग ताचैगाउँ, नाँचैगाउँ, ओडारगाउँ र धारापानीमा समेत बाक्लो हिमपात परेको छ ।

नासो–२ का वडाध्यक्ष भीमबहादुर गुरुङका अनुसार अहिले हिमपात रोकिएको छ, बादल खेलिरहेको छ, पुनः हिउँ पर्ने सम्भावना अझै रहेको छ । गाउँघरमा केटाकेटी र बूढाबूढीलाई चिसोले सकस बनाएको उहाँले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार