logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रधानमन्त्रीकाे धम्की, सांसद पद नैै खुस्काइदिन्छु…


  • राजनीति
  • सोमबार, पुष २१ २०७६

सत्तारूढ दल नेकपा प्रदेश नं ३ काे राजधानी बारे निकै विवाद भएको छ । सांसदहरू ले हेटाैडा बाहेककाे बारेमा धारण राख्न थालेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ले सांसदकाेे पद नै खाेसिदिने धम्की दिन थालेको बुझिएको छ । हेटौँडाको विकल्पमा बोल्ने सांसदहरुको सांसद पद नै खुस्काइदिने धम्की आउन थालेको कतिपय सांसदको भनाइ छ । नाम नलेख्ने शर्तमा एक सांसदले भने, ‘धम्की आइरहेको छ । सांसद पद खुस्काइदिने समेतका धम्की बेहोर्नुपरेको छ ।’,

ती सांसदका अनुुसार हेटाैडाको पक्षमा उभिन प्रधानमन्त्री र पार्टीका कार्यकारी अध्यक्षबाट सिँधै फोन गर्न लगाउने काम समेत भएको छ । ती सांसदले भने, ‘तर हामी त्यसरी धम्कीका भरमा डराउँदैनौँ ।’ यस्तो धम्की र फोन आउन थालेपछि केही दिन पहिलासम्म हेटौडाको विपक्षमा रहेकाहरुको स्वर नरम समेत हुन थालेको अर्का एक सांसदले बताए ।

‘कोहीलाई मन्त्री बनाउने आश्वसन त कोहीलाई जागिर खाइदिने धम्की आउन थालेपछि केही सांसद पार्टीको निर्णय मान्नुपर्ने’ पक्षमा पुगेका छन् ।

सोमबारसम्म पनि राजधानीबारे सहमति नजुटे अन्तिम प्रयास स्वरुप नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल हेटौँडा जाने तयारीमा छन् ।

सोमबारबाट संसद अधिवेसन सुरु भए पनि २३ गतेमात्रै राजधानीबारे प्रकृया सुरु हुने भएकाले अध्यक्ष र महासचिव हेटौँडा जान लागेका हुन् ।

डोरमणी सहमतिको विपक्षमा !
तीन नम्बर प्रदेश नेकपा संसदीय दलका नेता हुन डोरमणी पौडेल । तर पौडेल आफै सहमतिको विपक्षमा उभिएका छन् । उता, प्रदेश नम्बर ३ का सचिव नारायाण दाहाल भने सहमतिकै पक्षमा उभिएका छन् । ‘पौडेलको भुमिका सहमति खोज्ने भन्दा विगार्ने देखिएको छ । बरु प्रदेश सचिवको भुमिका सहमति जुटाउने देखिएको छ,’ अर्का एक सांसदको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार