logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्याङ्जामा बाइस वर्षदेखि फरार प्रतिवादी पक्राउ


  • रासस
  • सोमबार, पुष २१ २०७६

स्याङ्जा-  बाइस वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले फैसला सुनाएसँगै फरार रहेका स्याङ्जाको साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट नगरपालिका वडा नं २ बस्ने ५९ वर्षीय टेकबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

उनका अनुसार अदालतले २०५४ साउन २२ गते एक वर्ष एघार महिना छ दिन कैद सजाय तोकेको थियो । पक्राउ प्रतिवादीलाई आज स्याङ्जा जिल्ला अदालतमा पेश गरी तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रवक्ता भण्डारीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार