logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखराको काहुखोलावाट २८२ एम्पुल लागुऔषध सहित दुई प्रकाउ


  • आश तमु
  • सोमबार, पुष २१ २०७६

पोखरा- पोखराको काहुखोलावाट २८२ एम्पुल लागुऔषध सहित दुईजना प्रकाउ परेको छ   । पोखरा-१३ पाटनवेशीका २१ वर्षीय अनुप तामाङ र पोखरा-३० शिसुवाका १९ वर्षीय विशाल परियारलाई पोखरा महानगरपालिका-१३ काहुँखोला स्थित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले अनुप तामाङले चलाएको ग ०७ प ६१२४ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा  मोटरसाईकलमा  भाग्न उम्कन खोजे पश्चात प्रहरीले निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको लागूऔषध डाईजापाम ९४ एम्पुल, नुफिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल गरी जम्मा २८० एम्पुल लागूऔषध, मोबाईल २ थान र मोटरसाईकल समेत प्रहरीले बरामद गरेको बताएका छन  ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार