logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सभापति देउवाको विपक्षमा ४३ जिल्ला सभापति : बहुमतको निर्णय नमान्ने अडान


  • राजनिती न्युज डेस्क
  • सोमबार, पुष २१ २०७६

पोखरा- नेपाली काग्रेस भित्रको किचलो अव जिल्ला तह सम्म पनि पुगेको छ। आज काठमाडौं पार्टी कार्यालय सानेपामा भएको सस्थापन इतर रामचन्द्र पौडेल पक्षहरुको जिल्ला सभापतिको भेलाले बहुमतको निर्णय नमान्ने अडान राखेका छन । भेलामा उपस्थित ४३ जिल्लाका सभापतिहरुले सस्थापना पक्षले इतरपक्षलाई बहुमतको आधारमा पेलेर जान खोजे सही नहुने चेतावनी दिएका छन।

शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी गगन थापा, नविन्द्रराज जोशीलगायतको सहभागिता रहेको भेलामा इतर पक्षका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइराला भने उपस्थित भएनन् ।

रामचन्द्र पौडेलले भेला डाकेर पार्टी भित्रको पछिल्लो बिबादको बारेमा ब्रिफिङ्ग गरेका थिए. सहमतिबिनै संस्थापन पक्षले पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिकासहित विभिन्न सांगठनिक विषयमा निर्णय लिएको थियो ।

यता गुटको भेला हुँदै गर्दा पार्टी कार्यालयको प्राङ्गणमा पौडेल निकट विद्यार्थीहरुले सभापति देउवाविरुद्ध नाराबाजी समेत गरेका थिए ।

यसैबीच सभापति देउवाले पौडेल पक्षको भेला प्रभावित गर्ने प्रयास गरेको पाइएको छ । उनले सानेपाको बैठकमा सहभागी नहुन आइतबार साँझ जिल्ला सभापतिलाई आन्तरिक सुर्कलर जारी गरेका थिए ।

देउवाले बैठकमा सहभागी हुनेलाई कारबाहीको धम्की समेत दिएको एक नेताले बताए ।  उनका अनुसार देउवाले केही जिल्ला सभापति आफूविरुद्ध खुलेर लागेको भन्दै उनीहरुलाई कारबाही तयारी थालेको समेत बताएका थिए । यो कुरा देउवाले आफू पक्षीय नेताहरुको बैठकमा समेत बताएका छन् ।

देउवा निकट एक केन्द्रीय सदस्यले पनि सभापतिले  आन्तरिक बैठकमा आफूविरुद्ध लाग्ने ६ जना जिल्ला सभापतिलाई ‘बर्खास्त’ गर्ने कुरा गरेको बताए । उनले ती सभापति को–को रहेको भन्नेबारे चाहिँ खुलाउन चाहेनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार