पोखरा – अत्याधिक चिसोको कारण दैनिक जीवन कष्टकर बन्दै गएको छ चिसो निकै बढेपछी मानिसहरुले विभिन्न उपाय अपनाउन थालेका छन । यसै क्रममा चिसोले बच्न कोइला बालेर सुतेकी एक महिलाको घरभित्रै निस्सासिएर मृ’त्यु भएको छ भने उनको श्रीमान र छोरीको भने उपचार भई रहेको छ । आइतबार राती सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडास्थित नयाँबस्तीकी चन्दा कामीको निस्सासिएर मृ’त्यु भएको हो।
हरिबहादुर कामी, उनकी पत्नी चन्दा र छोरी एउटै कोठामा राति कोइला बालेर सुतेका थिए। एउटै कोठामा सुतेका उनका पतिको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। हरिबहादुरलाई कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ।
चन्दाकी छोरीको पनि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।