पोखरा – नेपाल सरकारले १२२ जना चिनिया नागरिकलाई डीपोर्ट गर्ने तयारी गरेको छ . अध्यागमन विभागले उनीहरूको ‘डिपोर्ट’का लागि आवश्यक कागजात तयार गर्न थालेको जनाएको छ।नेपालस्थित चिनियाँ दूतावासँगको परामर्शमा ‘डिपोर्ट’ थालिएको हो।
‘चार्ली फक्स्टर’ नाम दिएर चलाइएको अपरेसनमा गत पुस ८ गते १२२ जना चिनियाँ पक्राउ परेका थिए। पक्राउ परेकामध्ये ११४ पुरूष र ८ महिला छन्। उनीहरू तारकेश्वर नगरपालिका १ मनमैजु, काठमाडौं ३ बाँसबारी र बुढानिलकण्ठ ३ बाट समातिएका थिए।
ती चिनियाँलाई ९ वटा घरमा छापा मारेर पक्राउ गरिएको थियो। पक्राउ परेका चिनियाँबाट ७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान फेला परेको थियो।
उनीहरूले इन्टरनेट प्रविधिको उच्चतम् प्रयोग गरी साइबरजन्य अपराध गरेको देखिएको भनिए पनि प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो।