logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पोखरामा विप्लवका कार्यकर्ता माथी धरपकट सुरु “व्युरो सदस्य जगन वा सहित ३ प्रकाउ”

"जगन बा"लाई गएराती पक्राउ गरेको थियो भने राई र कार्कीलाई आज बिहानै पक्राउ


  • राजनीति
  • बुधबार, फाल्गुन ९ २०७४

नेपाल बन्दका क्रममा बम बिस्फोट भै पत्रकार घनश्याम पाण्डे सहित दूइ जना घाईते भएपछी कास्की प्रहरीले पोखरामा नेकपाका कार्यकर्ता माथी धरपकड शुरु गरेको छ l

यसै क्रममा कास्की प्रहरीले नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरो सदस्य “जगन बा” साहित तिन जनालाई गिरफ्तार गरेको छ l प्रहरीले गिरफ्तार गरेका अन्य कार्यकर्ताहरुमा अखिल नेपाल किसानका केन्द्रीय सदस्य एबम कास्की जिल्ला अध्यक्ष पुष्प कार्की र मजदुर नेता खड्का बहादुर राई रहेका छन् l

“जगन बा”लाई गएराती पक्राउ गरेको थियो भने राई र कार्कीलाई आज बिहानै पक्राउ गरेको हो l उनीहरुलाई पक्राउ गरिएको बारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक् खड्कबहादुर खत्रीले स्पस्ट जानकारी दिएनन तर उनीहरु पक्राउ परेको कुरा घुमाउरो पाराले स्वीकार गरे l पक्राउ गरिएकाहरुलाई कहाँ राखिएको छ भन्ने बारेमा जानकारी नदिए पनि समाचार स्रोतले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको जानकारी दिएको छ  l

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार