पोखरा- पोखराको पृथ्वी नारायण क्यामपसमा अध्यापन गराउदै आएका २१४ जना प्राध्यापकहरुले सामुहिक राजिनामा दिने भएको छ ।
क्यामपस प्रशाशनले सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको ज्यालादारीको रुपमा काम गराएको भन्दै सामुहिक राजिनामा दिने तयारी गरेका हुन ।
आंशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले विश्वविद्यालयले विगत १४ वर्ष देखि स्नातकोत्तर प्राप्त शैक्षिक जनशंक्तिलाई सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको व्यवहार गरेको बताए ।
अन्तिम आन्दोलन भन्दै प्राध्यापकहरुले गएको मंसिर २८ गते देखि चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।