logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गाडीमा अचानक बेहोस भएका समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्रजंग लामिछानेको निधन


  • आश तमु
  • बिहिबार, पुष २४ २०७६

पोखरा- समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्रजंग लामिछानेको आज विहान काठमाडौंमा निधन भएको छ । सहकारी महासंघको साधारण सभामा जानेक्रममा गाडीमा अचानक बेहोस भएका लामिछानेलाई बानेश्वर स्थित सिभिल अस्पतालले मृत घोषणा गरेको हो ।

लामिछाने जनयुद्धकालिन समयदेखि नै तत्कालिन नेकपा –माओवादी) पर्वतको नेताको रुपमा जिम्मेवारी बहन गर्दै आउनु भएकोमा  पछिल्लो समयमा नयाँ शक्ति एंव हाल समाजवादी पार्टीको केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।उनी २०५४ देखि माओवादी विद्रोहमा भूमिगत भएका थिए। पर्वतमा माओवादी विद्रोहको समयमा उनको नाम अग्रस्थानमा आउने गर्थ्यो।

पछिल्लो समय लामिछाने नयाँ शक्ति पार्टी पर्वतको अध्यक्ष भएका थिए। नयाँ शक्ति र संघीय समाजवादी फोरम एकता भएपछि उनी पार्टीको केन्द्रीय सदस्य भएका थिए। उनको सवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ।

लामिछानेको जन्म २०२५/२/१० भएको थियो। लामिछानेको परिवारमा आमा इन्द्रा लामिछाने, बाबा गजेन्द्र लामिछाने तथा २ छोरी र श्रीमती हुनु हुन्छ ।

उनको शवलाई समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धञ्जलीको लागि राखिएको थियो। लामिछानेको शवमा पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। उनको शव आजनै पर्वत लगिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार