logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा नयाँबस्तीमा एकाबिहानै प्रहरीको छापा : विप्लवको कार्यकर्ता भन्दै मजदुरी गर्ने ३ युवा प्रकाउ

नेकपाको समर्थक कार्यकर्ता रहेको आशंका


  • एलीजा शर्मा
  • शुक्रबार, पुष २५ २०७६

एलीजा शर्मा ,पोखरा – शुक्रवार बिहान पोखराको नयाँ बस्तीबाट प्रतिबन्धित नेकपाको समर्थक भन्दै कास्की प्रहरीले ३ युवालाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिकाबाट बिहानै सुतिरहेको अवस्थामा घरबाटै प्रकाउ गरिएको परिवार स्रोतले जनाएको छ ।

प्रकाउ पर्नेमा बिकास सुनार लोकेन्द्र राई र चट्टान हितान रहेका छन।  उनीहरुलाई विप्लव नेकपाको समर्थक कार्यकर्ता रहेको आशंकामा प्रकाउ गरिएको एक प्रहरी अधिकृतले बताए।

प्रहरीले प्रकाउ गरेका ३ नै युवा सामान्य मजदुरी गर्दै आएका थिए।  परिवार स्रोतले दिएको जानकारी अनुसार बिकास सुनार नयाँ बस्ती टोलका पुर्व अध्यक्ष हुन भने अहिले उनी पदयात्रामा भरीया काम गर्दै आइरहेका थिए।  अर्का युवा चट्टान हिताना र लोकेन्द्र राई पनि सामान्य रंगरोगन र मजदुरी गर्दै आएको बताए।

पछिल्लो क्रममा कास्की प्रहरीले विप्लव नेकपाको समर्थक भन्दै साधारण जीवन यापन गर्दै आइरहेका लाई गिरफ्तार गर्दै आइरेका छन।  यस अघि मात्र बिप्लव नेकपाका समर्थक भन्दै पोखराबाट ४ जना पत्रकार गिरफ्तार गरेका थिए। विप्लव नेकपाकै कार्यकर्ता भन्दै यस अघि प्रहरीले व्यवसाय गर्दै आइरहेका मानिस  पार्टी परिवर्तन गरिसकेका मानिस र सामान्य जिबन बिताई रहेका मानिसहरुलाई प्रकाउ गर्दै मुदद्दा चलाउदै आइरहेका छन्।

विप्लव नेकपाको कार्यकर्ता भन्दै ३ युवालाई प्रकाउ गरेको भन्दै पोखराका जन पत्रकार संगठनका पत्रकार आफ्नो फेसबुकमा लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार