राजनीति
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कालिकोटले खुल्ला जनसभाहरु तिब्रतामा गरिरहेको छ। नेकपा कालिकोट पार्टीको केन्द्रिय कार्यक्रम अनुुसार जिल्ला का विभिन्न ठाउँमा आफ्नो राजनीति तथा साँस्कृतिक अभियान तीब्ररुपमा अगाडि बडाएको छ अभियान पुर्बी कालिकोट को १ नम्बर शुभकालिकाबाट उद्घाटन हुँदै आज रास्कोटनगरपालिका फुक्कोटमा विशाल जनसभा समप्न्न गरेको छ।
उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अथिती जिल्ला ईन्चार्ज बिराट र सेक्रेटरी रणदिप ले सम्बोधन गरे । जिल्ला इन्चार्ज बिराटले अहिले मुलुक माथि उत्तर साम्राज्यवादी तथा अमेरिकी साम्राज्यवाद ले गिद्दे नजर लगाएकाे भन्दै कथित एमसिसि सम्झाैता कुनै पनि हालतमा आफ्नो पार्टीको ले कार्ययनयन हुन नदिने ठोकुवा गरे ।
जिल्ला सेक्रेटरी रणदिप सामना साँस्कृतिक टिमका आराेह नेपाली लगाएतले सम्बाेधन गर्दै आफ्नो पाटीलाई दलालहरु जबर्जस्त युद्धमा धकेल्न खोजेको भन्दै आपत्ति जनाए । उनिहरुले जनतालाइ बिभिन्नन सपना बाड्दै जनतालाई लुट्नेहरुले लुटपाट गरेको मा आक्राेश ब्यक्त गरे । कार्यक्रममा केन्द्रीय साँस्कृतिक टाेली सामना द्वारा जनवादी गितहरु प्रस्तुत गरेका थिए ।