पोखरा – अर्धाखाचीबाट बुटवल आउदै गरेको सेनाको हेलिकप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरेको छ ।
अर्धाखाचीबाट सुरक्षा प्रमुखको बैठकबाट बुटवल आउदै गर्दा उपप्रधानमन्त्री एव रक्षा मन्त्री ईश्वर पोख्रेल सवार सेनाको हेलिकप्टर मौसम खराब भएपछी तानसेनको मैदानमा अवतरण गरेको हो।
शुक्रबार साँझ सवा ५ बजे तानसेनको टुडिखेल मैदानमा हेलिकोप्टर अवतरण गरिएको थियो।
पोखरेल नगरपालिकाको गाडीमा बुटवल गएको उनले बताए।
बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम भएपछि आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ।