logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ब्रेकिङ्ग : भारतिय कम्पनीमा नेकपाको बम प्रहार, यस्तो छ अवस्था


  • राजनीति
  • शुक्रबार, पुष २५ २०७६

दैलेखको आठबिस नगरपालिका २ मा रहेको अपर-कर्णाली जलविद्युत आयोजना निर्माण जिम्मा लिएकाे  जिएमआर कम्पनीको कार्यालयमा आक्रमण भएको छ। शुक्रबार साझ अछामबाट आएका प्रतिबन्धित  विप्लव नेतृत्वको नेकपा का कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको सूचना प्राप्त भएको छ।

अछामको तुर्माखाद गाउँपालिकाबाट गएको प्रतिवन्धित नेकपाको टोलीले दैलेखको आठबिस नगरपालिका २ मा रहेको कार्यालयमा वम प्रहार गरेको जनाइएकाे छ।
घटनाको उक्त पार्टीले जिम्मेवारी लिएको छ।

नेेेकपा अछामका जिल्ला सेक्रेटरी भरत मल्लले घटना आफ्नो तर्फबाट भएको बताएका छन्। उनले उक्त आयोजना राष्ट्रकाे हितमा नरहेको भन्दै बम प्रहार गरेको बताएका हुन्। घटनाबारे अछाम प्रहरी प्रमुख डिएसपी दिपक भारतीले  जानकारी आएको र घटनाबारे थप साेधिखाेजी भएकाे बताएका छन्। घटनाकाे विस्तृत विवरण आउन बाकीँ छ।

फाइल तस्वीर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार