logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहुँ नयाँपुलमा ट्रकको ठक्करबाट १० बर्षिया बालिकाको मृ’त्यु


  • रासस
  • शनिबार, पुष २६ २०७६

तनहुँ  – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृ’त्यु भएको छ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ। मृ’तक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो। चालक र ट्रक प्रहरी नियन्त्रणमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार