logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

दैलखमा जीप दुर्घटना : ४ को मृत्यु, पाँच जना घाइते


  • राजनीति
  • बिहिबार, फाल्गुन १० २०७४

दैलेख । महाबु-४ ओखलढुंगामा दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको  जानकारी दिएका छन् । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महाबु-५ का श्रबणकुमार शाही, वडा नं. ३ कि निर्मला पाण्डे र वीरेन्द्रनगर सुर्खेतका तिलक ढकाल  र वडा नं. ६ की निर्मला शाही रहेका छन् । एक जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरूमा महाबु-५ का एकेन्द्र शाही, नारायण नगरपालिका-२ का रमेश थापा, महाबु-१ का बखत थापा र कर्ण मल्ल रहेका छन् । एक जना गम्भीर घाइतेको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएइका बखत थापा चालक हुन् भने मल्ल गाडी साहु हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटनास्थल पुगेर उद्धार कार्य सुरू गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार