logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा : मेला सफल पार्न उपसमितिको यस्तो छ तयारी


  • आश तमु
  • आइतबार, पुष २७ २०७६

पोखरा – दशौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सवको तयारी वारेमा शनिबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव आयोजक युनाइटेड क्लबले तयारी पुरा भएको जनाएको हो ।

महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रबर्द्धनका लागी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमीसहित सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लबको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

चिडियाखाना निर्माण क्षेत्रमा वन्यजन्तु उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजिकरणको लागी बाटो निर्माण, मृगस्थली , बाघ राख्ने खोर,सिडी बाटो निमार्ण सम्पन्न भईसकेको वताउदै अध्यक्ष गुरुङले उक्त क्षेत्रमा भालुको खोर, बाँदरको खोर निमार्ण क्रममै रहेको समेत बताए । चिडियाखाना निमार्णको लागी गण्डकी प्रदेश सरकारबाट गत आर्थिक वर्ष ७३ लाख २४ हजार ४ सय ७७ रकम विनियोजित भएकोमा जनसहभागिता कटाई निमार्ण कार्य अनुसारको ५८ लाख ५९ हजार ८ सय २६ रकमको भुक्तानी भएको युनाइटेड क्लबबाट ५५ लाख, साविकको लेखनाथ नगरपालिकाबाट १० लाख, पोखरा महानगरपालिकाबाट १२ लाख ८८ हजार र साविक जिल्ला बन कार्यालय,कास्कीबाट २४ लाख गरी १ करोड ५१ लाख ४७ हजार ८ सय २६ रुपैया खर्च भइसकेको समेत गुरुङले बताए ।

यसै क्रममा मेलाको तयारी बारे उप समितिको तयारी 

हिमालय बख्रेल अतिथि व्यवस्थापन उपसमिति एव सस्थापक अध्यक्ष 

अतिथि व्यवस्थापन उपसमिति एव सस्थापक अध्यक्ष हिमालय बख्रेलले पुस २९ गते हुने पोखरा महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्य मंत्री पृथ्वी सुब्बा गुरुङले गर्ने बताए ।

सुक बहादुर गुरुङ कार्य सम्पादन उपसमितिका संयोजक एव निवर्तमान अध्यक्ष 

युनाईटेड क्लवका निवर्तमान अध्यक्ष तथा दशौ पोखरा महोत्सव कार्य सम्पादन उपसमितिका संयोजक सुक बहादुर गुरुङले पोखरा महोत्सव गण्डकी प्रदेशकै गौरवको र एकमात्र सफल महोत्सव भएकाले समग्र पोखरेलीबासीको साथ र सहयोग हुनेमा दुई मत नरहेको वताए ।

राजु श्रेष्ठ सांस्कृतीक उपसमिती संयोजक

महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु बद्री पंगेनी , प्रजापति पराजुली,, पुरुषोत्तम न्यौपाने, पशुपती शर्मा , कोमल वली, ,राम्जी ख“ाड, मिलन लामा,कृष्ण गुरुङ , प्रिती आले, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ , प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जिवन दाहाल सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ भने अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका ब्याण्डहरु मंगोलियन हर्ट, कोववेव, सुगम पोख्रेल एण्ड बाजा गाजा व्याण्ड, मन्त्र ब्याण्ड, सविन राइ एण्ड फारोह ब्याण्ड, अर्को मुखर्जी एण्ड द कलेक्टिभ ब्याण्ड, लाहुरे, भीटेन, मेलिना राई, शनिश श्रेष्ठ, अनुप्रस्था र लोकल ब्याण्डहरुको प्रस्तुती रहने महोत्सव सांस्कृतीक उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

गायन संगै महोत्सवमा हांस्यब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृती झल्किने लोक नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, शैक्षिक जगरण सम्बन्धि डकुमेन्ट्रि प्रदर्शनी, चमेना गृहको ब्यवस्था, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र बुद्धिचाल प्रतियोगिता समेत हुने श्रेष्ठले वताए ।

शान्त बहादुर थापा प्रचार प्रसार संयोजक

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने विधालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता हुने महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

गणेश तिमिल्सिना अर्थ तथा स्टल उपसमिति

अर्थ तथा स्टल उपसमिति गणेश तिमिल्सिनाले मेलामा मेला रहेका २५६ ओटै स्टल बुकिङ भएको बताए । महोत्स्वमा १२ वटा रेष्टुरेण्टका स्टल रहनेछभने हस्तकला, कृषी, अटो, पुष्प, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहनेछन । महोत्सवबाट एक करोड चालिस लाख आम्दानी हुने र खर्च एक करोड पचास हजार गरी जम्मा ३९,५०,००० बचत गर्ने लक्ष्य  रहेको बताए ।

पूर्ण श्रेष्ठ व्यानर व्यवस्थापन उपसमिति संयोजक 

व्यानर व्यवस्थापन उपसमिति संयोजक पूर्ण श्रेष्ठले यसपालीको महोत्सवमा प्रायोजन गर्ने व्यवसायीहरुको डिजिटल तरीकाले मेला अवधी भर प्रमोट गर्ने बताए । उनले प्रायोजनहरुको व्यानर कार्यक्रम स्थल संगै फेसबुक पेज संगै प्रोजेक्टर र कार्यक्रमको बीच वीचमा पनि उद्घोष गर्ने बताए । प्रायोजन गर्ने प्रायोजकको प्रमोटमा कहिकतै आयोजकले कन्जुसाई नगर्ने श्रेष्ठले बताए ।

सूर्य बहादुर वानिया सुरक्षा व्यवस्थापन उपसमिति संयोजक

महोत्सव सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक तथा युनाईटेड क्लबका सचिव सूर्य बहादुर वानियाले महोत्सव स्थलको बारेमा जानकारी दिँदै महोत्सवको सुरक्षालाई मध्येनजर गरी महोत्सवका गतिविधीलाई समेटने गरी सिसी क्यामेरा जडान गरिने, पार्किङको पूर्ण रुपमा व्यवस्थापन गर्ने र सुरक्षा निकायसँग आयोजकले समेत संहकार्य गरी महोत्सवलाई सफल बनाउने बताए ।

विष्णु कुमार गुरुङ स्वयम सेवक परिचालन उपसमिति संयोजक 

त्यस्तै जेट सेक्युरिटी कम्पनी प्रालिका सञ्चालक कृष्ण सुवेदीले महोत्सव अवधिभर १५ जना निजी सेक्युरिटी गार्डहरु परिचालन गर्ने र उनीहरुले प्रवेश द्धार, बाहिरी गेट र विशेष गरी रातको समयमा स्टलको सुरक्षा प्रदान गर्ने बताए । त्यस्तै स्वयम सेवक परिचालन उपसमितिका संयोजक विष्णु कुमार गुरुङले महोत्सव अवधिभर ५० जना स्वयंसेवक परिचालन गर्ने र उनीहरुले पनि आयोजक र सुरक्षा निकाय संग समन्वय गरी काम गर्ने बताए ।

 राम बहादुर थापा मगर ट्राफिक व्यवस्थापन उपसमिती संयोजक

ट्राफिक व्यवस्थापन उपसमिती संयोजक राम बहादुर थापा मगरले ट्राफिक संग सहकार्य गरी महोत्सव स्थल बाहिरको ट्राफिक व्यवस्थापन गरिने बताए ।

 पवित्रादेवी गुरुङ झांकी ¥याली ब्यवस्थापन उपसमिती संयोजक

विगतका महोत्सवहरुमा जस्तै यो पटकको महोत्सवमा पनि पोखरामा रहेका संघ सस्था, आमा समुह, महिला समुह लगायतको झांकी तथा र्याली हरुलाई सहयोग गर्नका लागि आग्रह गर्दै सम्पूर्ण संघ सस्थाहरु, महिला तथा आमा समुहहरु संग समन्वय गरिरहेको वताइन ।

सिमा गुरुङ सघ सस्था समन्वय उपसमिति संयोजक 

महोत्सवका संघ सस्था समन्वय उपसमिति संयोजक सिमा गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासका क्षेत्रमा सामाजिक काम गर्दै आइरहेकाले पनि पोखरामा रहेका संघ सस्थाहरुलाई पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल वनाउनका लागि सहयोग गरिदिनका लागी संघ संसाथहरु संग समन्वय गरिरहेको र उहांहरुको साथ रहनेमा आफु ढुक्क रहेको वताइन ।

शान्ति सुवेदी महिला तथा आमा समुह परिचालन उपसमिति संयोजक 

महिला तथा आमा समुह परिचालन उपसमिति संयोजक शान्ति सुवेदीले पोखरा महोत्सवलाई पोखरा महानगरभित्रका महिला तथा आमा समुहहरुलाई पोखरा महोत्सवलाई सफल बनाउनका लागी सहयोग गरिदिनका लागी आफ्नो उपसमितीले सहयोगको अपेक्षा सहित समन्वय गरिरहेको वताइन ।

सिद्दी कुमार श्रेष्ठ स्मारक निर्माण उपसमिति 

स्मारक निर्माण उपसमिति सिद्दी कुमार श्रेष्ठ ले गत   बर्ष भन्दा फरक स्मारक बनाउने बताए । उनले गत साल देखी पंचभैयाको स्मारक बनाएको भन्दै यस बर्ष फेवाताल अनि   तालबाराही मन्दिरको स्मारक बनाउने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार