राजनीति
एमालेसँग मन्त्रालयहरुको भागवण्डा भैसकेपछि मन्त्री छान्न माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बसिरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको बैठकले सात जना मन्त्रीको नाम छान्नेछ । मन्त्रालयको पुनरसंरचनासहित मन्त्रालयको भागबण्डा टुङ्गिएपछि प्रचण्डले बैठक आह्वान गरेका हुन् ।
माओवादीमा मन्त्री बन्न चाहनेहरुको संख्या धेरै रहेको छ भने माओवादीको भागमा परेको मन्त्रालय जम्मा सातवटा मात्र रहेको छ । पार्टीको नेतृत्व गर्दै सरकारमा को जाने भन्ने विषयमा वरिष्ठ नेता रामबहादुर थापा बादल र वर्षमान पुनबीच विवाद छ ।
अध्यक्ष प्रचण्डसहित अधिकांश नेताहरुले वादलले गृहमन्त्रालयसहित सरकारको नेतृत्व गर्नुपर्ने बताइरहेका छन् । तर, पुनले भने आफैले गृहमन्त्रालय पाउनुपर्ने र सरकारको नेतृत्व समेत पाउनुपर्ने अडान राख्दै आएका छन् ।