logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ट्रम्पलाई कुन देशका मानिस कति मन पराउछन ? हेर्नुस् राेचक तथ्यांक


  • बिबिसी
  • सोमबार, पुष २८ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुन देशका बासिन्दाले सबै भन्दा बढी मन पराउँछन् र कुन देशकाले सबैभन्दा कम मन पराउँछन् भन्ने बारेमा एउटा सूची सार्वजनिक भएको छ ।

पिउ रिसर्च सेन्टरले गरेको एक सर्भेक्षणमा सो कुरा देखिएको हो । ३३ देशका ३७ हजार मानिसमा गरिएको सो सर्वेक्षण गत वर्षको मे देखि अक्टोबर सम्म गरिएको थियो । सर्वेक्षणले देखाएअनुसार फिलिपिन्समा ट्रम्पलाई सबैभन्दा बढी मन पराएको पाइएको छ । जसमा ७७ प्रतिशत फिलिपिनोले मन पराएका छन् भने इजरायलका ७१ प्रतिशतले मन पराएका छन् ।

केन्याका ६५ प्रतिशतले मन पराएका छन् भने नाइजेरियाका ५८ प्रतिशले ट्रम्पलाई मन पराएका छन् । त्यसैगरी भारतका ५६ प्रतिशतले, युक्रेनका ४४ प्रतिशतले, बेलायतका ३२ प्रतिशतले,क्यानडाका २८ प्रतिशतले,ब्राजिलका २८ प्रतिशतले, रसियाका २० प्रतिशतले, जर्मनीका १३ प्रतिशतले र सबैभन्दा कम मेक्सिकोका ८ प्रतिशतले मन पराएको पाइएको छ ।

केन्या र नैरोबी अमेरिकी आर्थिक सहयोग धेरै पाउने मुलुकमा पर्दछन् । यसैगरी सब सहाराका अफ्रिकी मुलुकले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको बारेमा सकारात्मक धारणा राखेका छन् । विश्वका ५ नेता मध्ये कस्को विदेशनीतिलाई मन पराउने कति छन् भन्ने बारेमा गरिएको सर्वेक्षणमा बेलायतमा सबैभन्दा बढी जर्मन चान्सलर एन्जिला मर्केललाई ६९ प्रतिशत,त्यसपछि फ्रान्सका राष्ट्रपति इमनुएल म्याक्रोनलाई ५५ प्रतिशत, चीनका राष्ट्रपति सी जिनपिङलाई ३४ प्रतिशत , अमेरिकी राष्ट्रपति ट्रम्पलाई ३२ प्रतिशत र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २६ प्रतिशतले मन पराएको पाइएको छ ।

त्यस्तै भारतमा ट्रम्पलाई ५६ प्रतिशत, पुटिनलाई ४२ प्रतिशत, मर्केल र म्याक्रोनलाई २८–२८ प्रतिशत र सीलाई २१ प्रतिशतले मन पराएको पाइएको छ । युक्रेनमा मर्केललाई ६६ प्रतिशत, ट्रम्पलाई ४४ प्रतिशत,म्याक्रोनलाई ४१ प्रतिशत, सीलाई २८ प्रतिशत र पुटिनलाई ११ प्रतिशतले मन पराएको पाइएको छ । उता रसियामा ७३ प्रतिशतले पुटिनलाई, ५९ प्रतिशतले सीलाई,३४ प्रतिशतले मर्केललाई, २३ प्रतिशतले म्याक्रोनलाई र २० प्रतिशतले ट्रम्पलाई मन पराएको पाइएको छ ।

इजरायलमा भने सबैभन्दा बढी ७१ प्रतिशतले ट्रम्पलाई, मर्केललाई ५२ प्रतिशतले, पुटिनलाई ३६ प्रतिशतले,सीलाई ३५ प्रतिशतले र म्याक्रोनलाई ३३ प्रशितले मन पराएको पाइएको छ । मेक्सिकोमा सीलाई ३४ प्रशिततले, मर्केललाई ३२ प्रतिशतले,पुटिनलाई २८ प्रशिततले,म्याक्रोनलाई २७ प्रतिशतले र ट्रम्पलाई सबैभन्दा कम ८ प्रतिशतले मन पराएको पाइएको छ ।

फिलिपिन्समा ट्रम्पलाई ७७ प्रतिशतले, म्याक्रोनलाई ६२ प्रतिशतले, पुटिनलाई ६१ प्रतिशतले तथा सी र मर्केललाई ५८–५८ प्रतिशतले मन पराएको पाइएको छ । त्यस्तै, नाइजेरियामा सीलाई ६१ प्रतिशतले, ट्रम्पलाई ५८ प्रतिशतले, मर्केल र म्याक्रोनलाई ४५–४५ प्रतिशतले र पुटिनलाई ४१ प्रतिशतले मन पराएको पाइएको छ ।
(बीबीसी)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार