राजनीति
गृह मन्त्रालयले आइतबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।
कपिलवस्तु, रौतहट र सोलुखुम्बुका सिडिओ फेरिएका छन् । कपिलवस्तुमा दीर्घनारायण पौडेल, रौतहटमा वासुदेव घिमिरे र सोलुखुम्बुमा रमा आचार्यलाई सिडिओका रुपमा पठाइएको छ । पौडेल अध्यागमन कार्यालय, घिमिरे कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा कार्यरत थिए ।
कपिलवस्तुका सिडिओ गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक, रौतहटका कामु सिडिओ किरण थापाको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सोलुखुम्बुका बेदनिधी खनालको सहायक सिडिओका रुपमा रुपन्देहीमा सरुवा गरिएको छ ।