logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हिउँमा चिप्लिएर भारतीय सेना पाकिस्तान पुगे


  • राजनीति
  • बुधबार, माघ १ २०७६

सत्रुतापूर्ण जस्तै ब्यवहार रहेका दुइ राष्ट्र भारत र पाकिस्तानको सिमावर्ती क्षेत्रको हिउँमा चिप्लिएर लडेपछि पाकिस्तान पुगेका एक भारतीय सेनालाई पाकिस्तानका सेनाले नियन्त्रणमा लिएको छ।

भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेना हबिल्दार राजेन्द्र सिंह नेगी पहाडको हिउँबाट चिप्लिएका थिए।

जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई राजेन्द्र हराएको खबर आएको थियो। केहि दिनपछि राजेन्द्र भारत पाकिस्तान सिमानामा गस्ती गरिरहेको समयमा हिउँबाट चिप्लिएर लड्दा दुर्घटनाबस पाकिस्तानको भूमिमा प्रवेश गरेको पत्ता लाग्यो।

यतिबेला भारतीय सेनाले राजेन्द्रलाई भारत फर्काउने प्रयास गरिरहेको छ। देहरादुनका राजेन्द्र सन् २००२ मा भारतीय सेनामा भर्ती भएका थिए। हाल उनी पाकिस्तानी सेनाको नियन्त्रणमा रहेको बताइएको छ।

फाइल फोटो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार