logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानन्यायाधीश जवराकाे घरमा शक्तिशाली बम भेटियाे


  • राजनीति
  • बिहिबार, माघ २ २०७६

कडा सुरक्षा घेराभित्र रहेकाे प्रधानन्यायाधीश निवासमा शक्तिशाली ब’म फेला परेको छ । बालुटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको निवास बाहिर बुधबार साँझ शक्तिशाली ब’म प्रहरीले फेला परेको थियो ।

प्रधानन्यायाधीश निवासको मुख्य गेट अगाडि ब’म भेटिएको प्रहरी स्रोतले बताएको छ । ब’म भएको खबर सेनालाई गरेपछि सेनाको विशेष टीमले डिस्पोज गरेको प्रहरी स्रोतले बताएको छ । बुधबार राति नै उक्त ब’म सेनाले डिस्पोज गरेको हो ।

ब’म कसले राखेको जिम्मा लिएको छैन । तर, हिजो साँझ नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले व्यक्तिको नाममा दर्ता गरिएको बालुवाटरस्थित ललिता निवासको सरकारी जग्गा कब्जा गरेको घोषणा गरेको थियो ।

ब’म प्रधानन्यायाधीशलाई लक्षित थियो वा थिएन भन्ने खुलेको छैन ।

कडा सुरक्षा घेराभित्र रहेको बालुवाटरको उक्त जग्गामा नेकपाका कार्यकर्ताहरुले झण्डा–ब्यानर गाडेर कब्जा गरेको घोषणा गरेका थिए । उक्त जग्गा दलाल र भूमाफियाहरुको कब्जाबाट सरकारकै मातहतमा ल्याउन कब्जा गरिएको नेकपाले जनाएको छ । छरिएको पर्चामा नेकपाले उक्त जग्गा किनबेच गरेमा कार’वाही गर्ने समेत चे’तावनी दिएको छ ।

त्यसैगरी बुधबार साँझ नै ललिता निवासको उक्त जग्गा व्यक्तिको नाममा गर्ने मुख्य योजनाकार शोभाकान्त ढकालको घरमा वि’स्फोट भएको थियो । वि’स्फोटबाट घरका सिसा, झ्याल, पर्खाल र पार्किङ गरि राखेको गाडिमा क्ष’ति पुगेको थियो ।

बिस्फोटको जिम्मा कसैले लिएको छैन । ललिता निवास कब्जाको घोषणा गर्दै मुख्य योजनाकार शोभाकान्त नै भएको नेकपाले पर्चा छरेकोले उसैले वि’स्फोट गराएको आशंका गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार