logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रियता बिराेधी र भ्रष्टहरुलाई कार्वाही गर्दै विप्लवकाे युवा संगठन, हेर्नुस् (विज्ञप्ति सहित)


  • राजनीति
  • बिहिबार, माघ २ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनले राष्ट्रियताकाे पक्षमा संघर्ष लाई घनिभुत बनाउने निर्णय गरेको छ।

संगठन काे भेरिकर्णाली ब्युराेकाे बैठकले उक्त निर्णय गरेकाे बताइएको छ। बर्तमान सरकार इतिहास कै भ्रष्ट र राष्ट्रघाती भएको निश्कर्ष सहित संगठनले आगामी कार्यक्रम बनाएकाे जानकारि दिएको छ।

हाम्रो महान तथा गौरवशाली संगठन, युवा संगठन नेपाल भेरी-कर्णाली ब्युरोको ऐतिहासिक प्रथम पुर्ण बैठक संगठनका ब्युरो इन्चार्ज क. दीपको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टिको भेरी-कर्णाली ब्युरो सचिव र संगठनका पश्चिम कमाण्ड इन्चार्जको उपस्थितिमा ०७६ पौष २८ गते युवाहरुको सुरक्षा घेरा भित्र रहेर महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भयो, सो’को जानकारीको लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

बिहिवार एक प्रेश विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा-लिपुलेक-कालापानी माथिको भारतीय अतिक्रमण, राष्ट्रघाती MCC सम्झौता लगाएतका बहुआयामिक साम्राज्यवादी हस्तक्षेप र देश भित्रका नेपाली अनुहारका विदेशी दलालहरुका कारण राष्ट्रियता इतिहासकै संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको बताउदै राष्ट्रियता जनजिविका तथा महंगि बिरुद्ध संघर्ष घनिभुत पार्ने निर्णय गरेको छ

विज्ञप्ति काे पुर्ण पाठ

यति बेला लिम्पियाधुरा-लिपुलेक-कालापानी माथिको भारतीय अतिक्रमण, राष्ट्रघाती MCC सम्झौता लगाएतका बहुआयामिक साम्राज्यवादी हस्तक्षेप र देश भित्रका नेपाली अनुहारका विदेशी दलालहरुका कारण राष्ट्रियता इतिहासकै संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको छ, भने दलाल सत्ताकै कारण आम जनताको हालत झन्झन् खराब हुँदै गइरहेको यथार्थ सबैमा अवगत नै छ ।

यी सबै राष्ट्रियता र जनजिविकाको सवाललाई लिएर संघर्षमा होमिएको देशभक्त-जनप्रिय पार्टि र नेता/कार्यकर्ताहरु माथी आफ्नो लुटको धन्दा जोगाउन र विदेशिको इसारामा वर्तमान सामाजिक फाँसिवादी दलाल केपि-प्रचण्डको सरकारले प्रतिबन्ध, दमन र धरकपडलाई तीब्र बनाएपनि यसका विरुद्धको जनप्रतिरोध र फौजीप्रतिरोधबाट यी सबैलाई चिर्दै हाम्रो पार्टी देशको स्वाधीनता र जनताको अधिकारको आन्दोलनमा झन शक्तिशाली हुँदै अघि बढिरहेको छ ।

वर्तमान दलाल सत्ताले सामाजिक विकृति/विसङ्गती, कर आतंक, भ्रष्टाचार र विभिन्न कान्डहरु आदिलाई संस्थागत गर्दै लगिरहेको छ । यो परिवेशमा देश जोगाउने हरेक अभियानमा, जनतन्त्र र जनजिविकाको पक्षमा; सामाजिक विकृति/विसङ्गती, बेरोजगारी, कर आतंक, डोजर आतंक र भ्रष्टाचारका विरुद्द एक भई मोर्चा कस्न हाम्रो जुझारु देशभक्त संगठन भेरी-कर्णालीका सम्पुर्ण श्रमजीवी, प्रगतिशील, क्रान्तिकारी, देशभक्त, बुद्धिजीवी युवाहरुमा हार्दिक अपिल गर्दछ ।

हेर्नुस् विज्ञप्ति 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार