logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

डलरकाे हरियाे घास देखेर राष्ट्रियता बेच्न सकिदैन : नेता तामाङ


  • राजनीति
  • बिहिबार, माघ २ २०७६

सत्तारूढ दल नेकपाका युवा ने ता तथा अनेरास्ववियु का सहसंयाेजक रंन्जित तामाङले नेपाली जनतालेे एमसिसि अस्विकार गरिसकेकाे ले यसबारे बहस गर्नु अनुचित हुने बताएका छन् ।

नेता तामाङले सामाजिक सन्जाल फेसबुका स्टाटस लेख्दै ‘डलरकाे हरियाे घास देखेर राष्ट्रियता बेच्न सकिदैन,जतिसुकै पबित्र उदेश्यले ल्याईएकाे भएपनि ”एमसिसि” देशले गलत ठानिसक्याे,३ हात उफ्रेर एमसिसि सहिछ,भनिरहनु जरुरी छैन’ भन्दै अब एमसिसि जतिसुकै पबित्र साेचकाे भएपनि जनता अस्विकार र खारेज गरेका ले यसबारे नउफ्रिन नेताहरुलाइ चेतावनी दिएका छन् ।

उनले अहिले आफ्नो माउ पार्टी प्रति ब्याङग्या गर्दै सभामुख र एमसिसि काे म्युजिकल चियर वरिपरि देशलाई नघुमाउन आग्रह समेत गरेका छन् । ”सभामुख र एमसिसि ” काे म्युजिकल चियर वरिपरि चक्कर काटिरहेकाे देशकाे राजनीतिलाई निकास दिन नेतृत्व जिम्मावार बनाेस’ ।

आजै माउ पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्री केपि ओलीले एमसिसि बिरुद्ध नबाेल्न आफ्ना मन्त्रीहरुलाइ चेतावनी दिएका थिए ।

हेर्नुस् स्टाटस 

डलरकाे हरियाे घास देखेर राष्ट्रियता बेच्न सकिदैन,जतिसुकै पबित्र उदेश्यले ल्याईएकाे भएपनि ”एमसिसि” देशले गलत ठानिसक्याे,३ हात उफ्रेर एमसिसि सहिछ,भनिरहनु जरुरी छैन ।
”सभामुख र एमसिसि ” काे म्युजिकल चियर वरिपरि चक्कर काटिरहेकाे देशकाे राजनीतिलाई निकास दिन नेतृत्व जिम्मावार बनाेस,।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार