logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आणविक कार्यक्रम बारे यस्तो छ इरानकाेे धारणा


  • एजेन्सी
  • शुक्रबार, माघ ३ २०७६

इरानी राष्ट्रपति हसन रौहानीले मुलुकमा युरेनियम सम्वर्धन गर्ने कुनै सीमा नभएको बताएका छन् । अमेरिकी हवाई हमलामा शीर्ष जनरलको हत्याको जवाफमा २०१५ मा भएको आणविक सम्झौताको पालना नगर्ने इरानको प्रतिक्रिया आएलगत्तै राष्ट्रपति रुहानीले सो प्रतिक्रिया दिएका हुन् । सन् २०१५ को सम्झौताको शर्तअनुसार इरानले युरेनियम सम्वर्धन कार्यक्रम रोक्नुपर्ने थियो।

बिहीबार बैंकका प्रमुखहरूलाई सम्बोधन गर्दै रुहानीले आफ्नो देशको आणविक कार्यक्रम विश्वका शक्तिशाली देशहरूसँगको आणविक सम्झौताको भन्दा राम्रो स्थितिमा रहेको दाबी गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सन् २०१८ मा आणविक सम्झौता रद्द गरेका थिए ।

अमेरिका इरानसँग आणविक कायक्रमका सम्बन्धमा नयाँ सम्झौता चाहन्छ, जसले इरानका आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइल कार्यक्रममा अनिश्चितकालीन स्थगन गर्न सकियोस् । त्यस बेलादेखि अमेरिकाले इरानको अर्थव्यवस्थामा कडा प्रतिबन्ध लगाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार