logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

काठमाडौ रातभर वर्षा, यस्तो हुनेछ आजको माैसम


  • राजनीति
  • शुक्रबार, माघ ३ २०७६

पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेकाे छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा त बिहीबार रातभर वर्षा भएको छ। आज (शुक्रबार) बिहानसम्म वर्षा जारी नै छ।
‘कति मिलिमिटर वर्षा भयो भन्ने तथ्यांकचाहिँ केहीबेरपछि आउनेछ,’ मौसमविद् श्रेष्ठले शुक्रबार बिहान ६ बजे नेपालखबरसँग भने, ‘देशका अन्य स्थानमा पनि वर्षा कहाँ र कति भयो भन्नेबारे जानकारी पनि हामी केहीबेरपछि प्रकाशन गर्नेछौं।’

तैपनि देशका अधिकांश स्थानमा वर्षा भएको उनको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ।

महाशाखाले शुक्रबार बिहान प्रकाशन गरेको बुलेटिनमा भनिएको छ : पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार