राजनीति
पोखरा/ दुई हप्ता अगाडि कास्कीको संयूक्त बजार अनुगमन समितिले स्वास्थ्य क्षेत्रको अनुगमन गर्दा पोखरा १० इन्द्रचोकका दुई वटा आयुर्वेद फर्मा (क्लिनिक) मा ताला वन्दी भयो । इन्द्रचोकको डा. विष्णु चापागाईले संचालन गरेका पञ्चम आयूर्वेद फर्मा र रमेश प्रसाद चापागाईले संचालन गरेको नवजिवन होमियो फार्मेसी का साथै धुर्व शर्माले संचालनमा ल्याएको विजय आयूर्वेदिक फर्मालाई वजार अनुगमन समितिले तालावन्दी गरेको थियो।
आयूर्वेद फर्मामा एलपेथि मेडिसिन विक्री गर्ने गरेको, म्याद गुज्रिएका दवाई विक्रीका लागि राखिएको अवस्थामा फेला परेपछि फर्मा तालावन्दी गरेर छानविन अगाडि वढाइएको थियो तर अंचल आयुर्वेद कार्यालय पोखराले सर्तनामा कागज गराएर सम्पूर्ण सतवात माफ गरिदिएको थियो । अंचल आयुर्वेद कार्यालयका प्रमुख डा. ओम प्रकाश कलौनीले सर्तनामा कागजमा सहि छाप गराएर पहिलो पटकलाई पसलको ताला खुलाई दिएको स्वीकार गरे । उनले भने एलोपेथिक दवाइ नवेच्ने, म्याद गुज्रिएका औषधी हटाउने, वेदर्ता संचालित ल्याव दर्ता गरेर मात्र चलाउने कागज गराइएको छ । सर्त र निर्देशन कार्यान्वयन भए नभएको वारेमा केहि दिन भित्रै अनुगमन गरिने डा. कलौनीले वताए ।
आयूर्वेद फर्मामा एलपेथि मेडिसिन विक्री गर्ने गरेको, म्याद गुज्रिएका दवाई विक्रीका लागि राखिएको अवस्थामा फेला परेपछि फर्मा तालावन्दी गरेर छानविन अगाडि वढाइएको थियो
मानव स्वास्थ्य उपचार गराउने संवेदनशील व्यवसायलाई गल्ती गर्दै जाने राज्यका निकायले मौका दिदै छुट गर्दै जाने हो भने कसरी विस्वास गर्ने स्वास्थ्य संस्थालाई ? यो एउटा गंभिर प्रश्न उव्जिएको छ । स्वास्थ्य र खाद्य क्षेत्रमा व्यवसायी र राज्य कसैले पनि खेलवाड र सम्झौता गर्न मिल्दैन यो क्षेत्रमा गरिने गल्ती पहिलो पल्ट भन्दै खतवाट मिन्न्हा गर्नुलाई किमार्थ राम्रो मान्न सकिन्न।
अराजकताले हद् नाघेको छ । अनगुमनमा गउका कर्मचारीहरुलाई गोदाम समेत खोलेर नदेखाइएको वुझिन आएको छ । नवजिवन होमीयो फार्मेसीका संचालक रमेश प्रसाद चापागाइले आफ्नो गोदाम समेत चेक गर्न नदिएको अनुगमनमा गएका उपभोक्ता अधिकारकर्मी मिलन तिवारीले वताए । तर पनि प्रसाशन निरिह किन ?
स्वास्थ्य संस्था, फार्मेसी, क्लिनिक मात्र हैन निजि अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल, सवै हेल्थ एकेडेमीहरुको गंभिर ढंगले छानविन गर्नु आवश्यक छ । काठमाण्डौंका नाम चलेका ग्राण्डी, नर्मिक लगायतका ठूला अस्पतालहरु यतिखेर कारवाहीको दायरामा छन् भने हामी प्रदेश नम्वर चारको राजधानी शहर पोखरामा सशक्त छानविन र कडा कारवाही गर्न किन खुट्टा कमाउने ?