logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रचण्ड ओलीलाई मार्सी भात खुवाउने दुर्गा प्रसाई विरुद्ध प्रकाउ पुर्जी जारी


  • राजनीति न्युज डेक्स
  • शुक्रबार, माघ ३ २०७६

पोखरा- झापा स्थित बि एण्ड सि अस्पतालका सञ्चालक दुर्गा प्रसाद प्रसाईं विरुद्ध प्रकाउ पुर्जी जारी भएको छ ।जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईं बिरुद्ध अभद्र व्यवहार विरुद्धको मुद्दामा प्रकाउ पुर्जी जारी गरेका हुन ।

महानगरीय प्रहरी परिसर भक्तपुरको मागबमोजिम पक्राउ पुर्जी जारी गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले  जानकारी दिइन्।

प्रसाई र्विरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले परिसरमा आफूमाथि अभद्र व्यवहार भएको भनी कितानी निवेदन दर्ता गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

प्रहरी उपरीक्षक प्रधानका अनुसार बिहीबार प्रसाईंले सानोठिमीस्थित आयोगमा १५-१६ जना अनधिकृत व्यक्तिको समूह पठाई हुलदंगा मच्चाएका थिए। उक्त समूहले आयोगका उपाध्यक्षको मानहानी हुने गरी पोस्टर टाँस्नुका साथै आयोगभित्र पर्चासमेत छरेको थियो।

जिल्ला प्रशासनले प्रकाउ पुर्जी जारी लगतै उनलाई प्रकाउ गर्न प्रहरी परिचालन गरिएको प्रधानले बताए ।

प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले २० करोड रुपैयाँ मागेको अभिव्यक्ति दिँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार