पोखरा- सिक्लेस युवा क्लबको २५ औं वार्षिकोत्सव तथा माघे संक्रान्ति मेलाको अवसरमा आयोजित खुल्ला सामुहिक नृत्य प्रतियोगितामा आदिम कला मञ्च पोखरा प्रथम भएको छ । प्रथम भए सङ्गै आदिम कला मञ्चले ४० हजार रुपैयासहित ट्रफी तथा प्रमाणपत्र हात पारेका छन।
प्रतियोगितामा डढुवा दुर्छा तमु समाज पोखराले दोस्रो स्थान हात पार्न सफल भएका छन ।उपाधी सङ्गै समाजले नगद ३० हजार र तेश्रो भएको खिलाङ गाँउको नृत्य टोलीले २० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्र पाएका छन। प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशक आदिम कला मञ्चका लब्सन गुरुङ र उत्कृष्ट भेषभुषाको उपाधि हात पार्न सफल सिङदी तमु समाज पोखरा जनह ५/५ हजार रुपैया सहित पुरस्कृत भएका छन । प्रतियोगिताको निर्णायकहरुमा मुख्य निर्णायक लोकनृत्य कलाकार संघका अध्यक्ष केशबहादुर गुरुङ, नृत्य निर्देशकहरु सनबहादुर गुरुङ र पवित्रा गुरुङ थिए ।
सामृहित नृत्य प्रतियोगताका विजेतालाई प्रतियोगिताका प्रमुख अतिथि सिक्लेस पार्चे कल्याणकारी समिति बेल्जियमका अध्यक्ष चोक राज गुरुङले पुरस्कार वितरण गरेका थिए ।
मेला माघ १ गतेदेखि ४ गतेसम्म चल्ने छ ।मेलामा मुख्य प्रतियोगिताको रुपमा खुल्ला पूरुष भलिबल, महिला भलिबल, खुल्ला पूरुष बास्केटबल प्रतियोगितासहित रस्साकस्सी, घुर्रा, आमा समुहको ह्याकुचे लगायतका प्रतियोगिता रहेको छ।