logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अन्नपूर्ण बेसक्याम्प घुम्न पुगेका ५ कोरियाली नागरिकको उद्दार ४ जना बेपत्ता


  • राजनीति न्युज डेक्स
  • शुक्रबार, माघ ३ २०७६

पोखरा – अन्नपूर्ण बेसक्याम्प घुम्न गएका ९ कोरियाली नागरिक मध्य ४ जना कोरियाली नागरिक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बेसक्याम्प घुम्न गएका ९ जना कोरियाली नागरिकको टिममध्ये ५ जनालाई जिवितै उद्दार गरिएको बताएका छन ।
अत्यधिक हिमपातका कारण बाँकी ४ जना हराएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । ट्राभल नेट नामक संस्थाबाट पाएको जानकारी अनुसार बेसक्याम्पमा गएका ९ कोरियाली नागरिक मध्ये ४ जना सम्पर्क बाहिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए । ‘मोबाइलमा चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनुपर्छ,’ उनले भने, ‘हामीलाई प्राप्त सूचनाअनुसार बेसक्याम्प घुम्न गएका ९ जनामध्ये ५ जनाको उद्दार भइसकेको छ ।’

चिसोका कारण उद्दार हुन कठिनाई परेको उनको भनाई छ । कोरियाली ९ सहित नेपाली नागरिक पनि उक्त टिम सहभागी हुन सक्ने उनको अनुमान छ । थप विवरण आउन भने बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार