logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिबन्धपछि झन शक्तिशाली बन्दै विप्लव, ८ उच्च तहका व्याक्तिमाथि कार्वाही हेर्नुस् (नामसहित)


  • राजनीति
  • शनिबार, माघ ४ २०७६

प्रतिबन्धित विप्लव नेकपा ले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लोकेटेड’ गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ ।

बम विस्फोट लगत्तै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । बादलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

माघ १ गते बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव नेकपा ले बम विस्फोट गराएको थियो । त्यस्तै सोही दिन ललिता निवास परिसरमै पनि कुकर बम विस्फोट भएको थियो ।

यी दुवै घटनाको जिम्मेवारी नेकपा विप्लव नेकपा ले लिएको छ । सो पार्टी ले राज्यको सम्पत्ति व्यक्तिले चरम रुपमा दुरुपयोग गरेको भन्दै सो प्रकरणमा जोडिएकाहरुलाई लक्षित कारबाही थालेको विप्लव निकट एक नेता बताउँछन् ।

प्रधानमन्त्री, प्रधान्यायाधीश र सभामुखलगायतको निवास रहेको बालुवाटार क्षेत्रमा विप्लव नेकपा का कार्यकर्ताले बम राखेपछि सुरक्षा चुनौती थपिएको महसुस गर्दै प्रहरीले बम विस्फोटको घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

एसएसपी सुवेदीका अनुसार मुख्य गेट छलेर तारबार गरेको ठाउँबाट उक्लिएर बालुवाटारस्थित ललिता निवास परिसरमा बम राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसएसपी सुवेदी भन्छन्, ‘ विप्लव नेकपा ले थप आक्रमण गर्नसक्ने भन्दै बालुवाटरलगायतका स्थानहरुमा सुरक्षा सतर्कता बढाइएको छ ।’

विप्लव नेकपालाई अपराधिक सङ्गठन रहेको भन्दै सरकारले २०७५ फागुन २८ गते उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव नेकपा का एक हजारभन्दा बढी नेता÷कार्यकर्ता पक्राउ परिसकेका छन् ।

सरकारले विप्लव नेकपालाई आतंककारी समूह रहेको घोषणा समेत गरेको छ । सूचना, सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका गोकुल बाँस्कोटाले माघ २ गते नियमित पत्रकार सम्मेलनको क्रममा विप्लवका गतिविधिले सो समूह आतंककारी रहेको पुष्टि भएको बताएका थिए ।

काे काे छन् त विप्लवकाे ‘टार्गेट’मा

यस्तै ललिता निवास प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव पौडेललाई विप्लव समूहले मुख्य ‘टार्गेट’ मा राखेको घोषणा गरेको छ । ढकालको घरमा भेटिएको विप्लव नेकपा को पर्चामा महासचिव पौडेललगायत केही व्यक्तिहरुको नाम टार्गेट सूचीमा राखेको पाइएको हो ।

विप्लवको कारबाहीको लिस्टमा

१. विष्णु पौडेल, नेकपा महासचिव 

२. मीनबहादुर गुरुङ,भाभटेनी सुपरमार्केटका सञ्चालक

३.गोयल समूह,

४.चाचन ग्रुप,

५.केडिया ग्रुप,

६.सारदा ग्रुप,

७.रामकुमार सुवेदी

८.गोपाल खनाल छन्

सरकारले विप्लव नेकपा लाई प्रतिबन्ध लगाएको एक महिना नबित्दै नख्खुस्थित एनसेल टावरमा बम विस्फोट गराएको थियो । बम विस्फोट २०७५ फागुन १० गते भएको थियो ।

सो विस्फोटमा परी दुईजनाको मृत्यु भएको थियो । सोही दिन कमलपोखरीस्थित ल्होत्से चोकमा रहेको आँगन स्विट्सभित्र बम भेटिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार