राजनीति
नेत्रबिक्रम चन्द विप्लबनेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने लाई प्रहरीले गिरफ्तार गरेकोछ।
बाटोमा हिडिरहेको अवस्थामा बिहान १० बजे प्रहरीले चलाउनेलाई पक्राउ गरेको हो । उनलाई कमलपोखरी बृतमा राखीएको बुझिएको छ । अखिल क्रान्तिकारीले विना कारण चलाउनेलाई पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरेको छ ।
विप्लवका कार्यकर्ता हिंसात्मक गतिविधिमा उत्रिएको भन्दै गृह मन्त्रालयले निगरानी हिजो मात्रै निगरानी बढाएको जनाएको थियो ।
पछिल्लो समय प्रहरीले फागुन ६ मा विराटनगरको गुद्री बजारबाट नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिटब्युरो सदस्य पदमबहादुर राईलगायत कार्यकर्तालाई नियन्त्रणमा लिएपछि उनीहरूको हिंसात्मक गतिविधिमा बढोत्तरी आएको हो ।