logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसि पारित गर्ने राष्ट्रघाति गठजाेड बिरुद्ध एकताबद्ध हुन वैद्यकाे अपिल, हेर्नुस् (विज्ञप्ति सहित)


  • राजनीति
  • शनिबार, माघ ४ २०७६

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी का महासचिव माेहन वैद्यले पुर्वि तथा दक्षिण एसिया मा आफ्नो प्रभुत्व कायम गर्ने र चिनलाई घेराबन्दी गर्ने हिन्द प्रसान्त रणनीति हिस्सा काे रुपमा नेपाल मा सैन्य अखडा निर्मा गर्ने उद्घेेेेेेेश्यमा आधारित एमसिसि संसदबाट अनुमदन गर्न सत्ता पक्ष तथा प्रतिपक्षकाेे गठजाेड राष्ट्रघाति तथा नेपाल काे लागि घातक भएको बताएका छन्

महासचिव वैद्यले शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई कथित ठुलाे आर्थिक अनुदान काे भ्रममा पारि सत्ता पक्ष तथा प्रतिपक्ष दुवै ले अमेरिकी स्वार्थमा अमेरिकी सैन्य रणनीति पास गर्न गरिएकाे राष्ट्रघाती गठजाेड बारे सचेत रहन र यसका बिरुद्ध बिद्रोह गर्न अपिल गरेका छन् ।

उनले राष्ट्र गंभिर राष्ट्रियताकाे सवालमा संकटमा परेको भन्दै एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माण गर्ने अमेरिकी साम्राज्यवादी याेजनाकाे भण्डाफाेर गर्न आग्रह गरेका छन् । साथै उनले दलालहरुकाे कुकृत्यकाे भत्सर्ना गरेका छन् । साथै महासचिव वैद्य ले उक्त साम्राज्यवादी याेजनाकाा बिरुद्ध शसक्त आवाज उठाउन आम जनता देशभक्त हरुलाइ एकताबद्ध हुन अपिल गरेका छन् ।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार