logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शन्देस छ, मेरो नाममा ‘गोली’ बनाउनेलाइ !


  • अखिल बिश्वकर्मा
  • आइतबार, माघ ५ २०७६

सन्देश छ, मेरो नाममा, गोली बनाउनेलाइ
कमाउने, जमाउने, टोली बनाउनेलाइ

षड्यन्त्रको साङ्लो र स्वार्थको सन्दूक बोकी
बलिदानका आसु रगत , खोली बनाउनेलाइ

रातो गाता फेरीवरी, लालपुर्जा आफ्नै नाममा
सिद्धान्तलाइ सेकुवा , पोली बनाउनेलाइ

तिम्ले गरे जम्मै ठिक, मैले बोले बाटो भाँच्ने
अध्याँरोमा दुइचार राखी, डोली बनाउनेलाइ

भित्र कमाउ बाहिर जमाउ, फिजाउदै हिड्ने
अमृतमा बिषको मात्रा, घोली बनाउनेलाइ

पसिना झार्ने श्रमिक, मुरी भर्छ तेलवाला
मझेँरीमा मनपरेका, सोली बनाउनेलाइ

मनपर्यो फुलको माला, सुनको टिका झ्यापै
बिधी सोध्दा बिरालोको, बोली बनाउनेलाइ

सेवा र सुबिधाको, डाडुपन्यु तिम्रो हातमा
समर्पण र बलिदानको, होली बनाउनेलाइ

नबुझेर हुदै होइन, नजानेर होइन
बोल्नै परे के राखुँला, झोली बनाउनेलाइ

सुझाव छ सच्चिएर, साच्चिकै सबको बन
बिचारको बटन च्याती, चोली बनाउनेलाइ

हुरी सग हारिएन, के झुकिन्थ्यो झरीसग
संघर्षमा सर्त हुन्न, भोली बनाउनेलाइ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार