logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा मेयर जिसी सापको स्माट सिटी : सडक बिच खाल्टामा फुल रोपेर स्थानीयको विरोध


  • राजनीति
  • शुक्रबार, फाल्गुन ११ २०७४

आश तमु, पोखरा/ पोखरा लेखनाथ महानगरपालिका अन्तरगत जिरोकिलो मिटरमा बिच सडकमा नै फुल रोपेर स्थानीय जनताले रचनात्मक विरोध जनाएका छन् ।
पोखरा ५ जिरोकिलोमिटरस्थित सडकमा खाल्डाखुल्डी पर्दा वेवास्ता गरेको भन्दै महानगरपालिकाको रचनात्क विरोध गरेका हुन् । फुल कसले रोप्यो भन्ने यहेले सम्म यकिन भने भएको छैन।

स्थानीय निर्वाचन अगाडी पोखरा लेखनाथ महानगर पािलकाका मेयर मानबहादुर जिसीले २४ घण्टा भित्र सडकका खाल्टाखुल्टी पुर्ने बताएका थिए ।

मेयर भए पछी जनताले मेयर भएको २४ घण्टा त कटि सक्यो कहिले पुरिन्छ बाटोको खाल्टा ? भने पछी आलटाल रुपमा खाल्टामा माटो भरेर पन्छिन खोज्दै थिय तर पानी पर्दा हिलो र अरु बेला बाटोमा धुल्याम्मे भए पछी मेयर जिसीको योजना असफल रह्यो । त्यसपछी भने फेरी सडक बिच बिचमै खाल्टा झनै बढ्दै गए पछी स्थानियले सडकको बिच बाटोको खाल्टोमा नै फुल रोपेर छोडेको हो।

तस्बिर फेसबुकवालवाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार