पोखरा- सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने विषयमा सहमति जुटेको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्षद्वयको बैठकले उनको नाममा सहमति जुटाएको स्रोतले जनाएको छ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा लाई ब’ला’त्कार प्रयासको आरोप लागेपछि उनले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त थियो।
स्रोतका अनुसार अध्यक्षद्वयको बैठकमा ओलीले सभामुखको उम्मेदवारका विषयमा सहमति नजुटे संसदीय दलबाट टुंग्याऊँ भनेर प्रस्ताव गरेका थिए।
जवाफमा प्रचण्डले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि संसदीय दलबाटै निर्वाचनमार्फत टुंग्याउनुपर्ने प्रस्ताव राखेका थिए।
त्यसपछि सभामुखमा सापकोटाको नाममा ओलीले सहमति जनाएको स्रोतको दाबी छ।आइतबार अपरान्ह ४ बजे बस्ने नेकपा सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्नेछ।