पोखरा – आइतबार नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश कार्य समितीले सोनाम लोसार बिदाको माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथिबी सुब्बा गुरुङलाइ ज्ञापन पत्र बुझाइको छ ।
नेपालको जनसंख्या २०६८ अनुसार १२५ जाती मध्य पाचांै र आदिबासी जनजाती मध्य तेस्रो ५।८ प्रतिशत रहेको बिज्ञापतिमा उल्लेखित गरेको छ ।नेपालको संबिधान २०७२ को भाग ३ मा मौलीक हक र कर्तव्यको ३२ मा उल्लेख गरिएको भाषा तथा संस्कृतिको पर्व २८५६ औ जिबा अर्थात मुसा सोनम ल्होछारको अबसरमा गण्डकी प्रदेश सरकारबाट सार्वजनिक बिदाको लागि माग गरेको हो ।
तामाङ समुदायलाइ इतिहास देखि राज्यबाट उत्पीडनमा पर्दै आएको र अहिले संघियता आए पछि तामाङहरुले मान्दै आएको महान चाड सोनम ल्होछार जस्को १ दिन बिदा पनि कटौती गरेकोमा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका अध्यक्ष हरि जङ तामाङले घोर आपत्ती जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथिबी सुब्बा गुरुङले भने प्रदेश सरकारबाट जम्म ५ वटा बिदा दिन पाउने अधिकार भएकाले यसलाइ प्रदेश मन्त्रीपरिषदमा छलफल गरि निर्णय लिने बताए ।