logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मेस्सीको निर्णायक गोल बार्सिलोना शीर्ष स्थानमा


  • एजेन्सी
  • सोमबार, माघ ६ २०७६

स्पेनिस महारथि बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै बार्सिलोनाले पुनः शीर्ष स्थान कब्जा गरेको हो । शीर्ष स्थानमा पुनरागमन गर्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पारेको छ ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले ७६औं मिनेटमा निर्णायक गोल गरे । मेस्सीले अर्टुरो भिडालको पासमा गोल गरेका थिए । यसअघि ग्रानाडा ६९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जर्मन सान्चेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा समेटिएपछि ग्रानाडाले बार्सिलोनालाई रोक्न सकेन ।

यसअगि ग्रानाडाले पनि लगातार गोलको अवसर बनाएको थियो । बार्सिलोनाले पनि राम्रा अवसर खेर फालेको थियो । जितसँगै बार्सिलोनाले २० खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले रियललाई गोल अन्तरका आधारमा पछि पारेको छ । रियलको पनि समान ४३ अंक छ । २७ अंक बनाएको ग्रानाडा १०औं स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार