logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

३ वटा एस्काभेटरमा ब’म बि’ष्फोट : नेकपाले वि’ष्फोट गराएको आशंका


  • राजनिती न्युज डेस्क
  • सोमबार, माघ ६ २०७६

मोरङ-  मिक्लाजुङ गाउँपालिका स्थित रमिते भन्ने स्थानमा एस्काभेटरमा ब’म बि’ष्फोट भएको छ।

आइतबार निर्माणाधीन मिक्लाजुङ सडक निर्माणका लागि राखिएका ३ वटा एस्काभेटरमा वि’ष्फोट गराइएको हो ।१ नम्बर प्रदेश सरकारको ५८ करोड ५६ लाखको बजेट बाट ठेक्का स्वीकृत भै सडक कालोपत्रे गर्नका लागि सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँ मा पुगेको ३ थान एस्काभेटर आगो लगाएर र ब’म हानेर ध्वस्त बनाइएको छ।

विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन। यद्यपि प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएको आशंका गरिएको छ।वि’ष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन। मधुमल्लामा रहेको इलाका प्रहरी कार्यलयले भरखरै घटनाबारे जानकारी लिएको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार